
काठमाडौँ- आफू कालीमाटी वृत्तको डीएसपी बताउँदै थर्काएको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले सर्लाहीको रामनगर गाउँपालिका–६ घर भएका बब्लु झालाई पक्राउ गरेको हो।
बब्लुले बानेश्वर बस्दै आएका ४१ वर्षीय चन्दु झालाई ‘बब्लु झासँग तपाईको लफडा के हो, तुरुन्त यस प्रहरी कार्यालयमा आउनुस् नत्र कारबाही हुन्छ’ भनि थर्काएको कालिमाटी वृत प्रमुख अपिल बोहराले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका बब्लुका आफ्नै भाइ हुन् चन्दु।
प्रहरीमा उजुरी आएपछि बोहरा नेतृत्वको कालिमाटी वृतले डीएसपी बनेर फोन गर्ने बब्लुलाई पक्राउ गरेको हो।