भेन्टिलेटरमा रहेका कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा केही सुधार

भेन्टिलेटरमा रहेका कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा केही सुधार
+
-

काठमाडौँ– कोरोना संक्रमण भई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा केही सुधार आएको छ।

कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा सारिएका नेताको स्वास्थ्यमा केही सुधार आएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘उहाँको स्वास्थ्य सुधारको प्रकृयामा छ। हिजो अस्तिभन्दा केही सुधार आएको छ। अक्सिजन स्याचुरेसन ४२ दिँदा ९०–९२ छ। हिजोसम्म उहाँलाई घोप्टो पारेर सुताइरहेका थियौँ। आज उत्तानो पारेर सुताउँदा पनि उहाँलाई श्वास फेर्न गाहो भएको छैन।’

उनको स्वास्थ्यमा जटिर समस्या देखिएका कारण अझै केही समय प्रतीक्षा गर्नु पर्ने उनले बताए। उनले भने, ‘ठिक भयो भनेर खुसी हुने अवस्था पनि छैन। केही समय पर्खिनु पर्छ। हुन त उहाँका शरीरका सबै अङ्ग ठिक छन्। प्रेसर कन्ट्रोलका लागि भने थोरै औषधी चलाएका छौँ।’

कात्तिक १ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसन बसिरहेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि वीर अस्पताल पुगेका थिए। तीन दिन वीरमा राखिएका नेता विश्वकर्माको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई ग्राण्डी अस्पताल सारिएको थियो।

ग्राण्डीले आइसीयूमा राखेर उपचार गरेपनि स्वास्थ्य स्थिति जटिल भएको भन्दै शनिबार भेन्टिलेटरमा सारेको थियो।

यो पनि पढ्नुहोस्

भेन्टिलेटरमा रहेका कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा केही सुधार

भेन्टिलेटरमा रहेका कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा केही सुधार

मीन विश्वकर्मालाई दिल्ली लैजाने विषयमा सरकारले अहिलेसम्म निर्णय गरेन

मीन विश्वकर्मालाई दिल्ली लैजाने विषयमा सरकारले अहिलेसम्म निर्णय गरेन

कोरोना संक्रमणबाट गम्भीर सांसद विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग कांग्रेसको आग्रह

कोरोना संक्रमणबाट गम्भीर सांसद विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग कांग्रेसको आग्रह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?