प्रदेश-२मा सांसद र सिडियोसहित ६७ जना कोरोना संक्रमित थपिए, दुईको मृत्यु

प्रदेश-२मा सांसद र सिडियोसहित ६७ जना कोरोना संक्रमित थपिए, दुईको मृत्यु
+
-

जनकपुरधाम-प्रदेश-२ मा प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारी सहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ४२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

गौर अस्पताल रौतहट, बर्दिबास कोभिड १९ प्रयोगशाला महोत्तरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा प्रदेश सांसद परमेश्वर साह र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई सहित ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सोमबार धनुषामा २१, पर्सामा १३, सिरहामा ७, रौतहटमा ६, बारामा ५, महोत्तरीमा ४, सर्लाहीमा २, सप्तरीमा १ र अन्य प्रदेशका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १४ हजार ३ सय २२ पुगेको छ । आज पर्सामा ८६, सप्तरीमा ८, धनुषामा ३ र सिरहामा १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । यस सँगै मृत्यु हुनेको संख्या १ सय ७० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज बाराको निजगढ नगरपालिका वडा नं. ९ का ६२ वर्षीय पुरुष र सिरहाको सुखिपुर नगरपालिका वडा नं. ४ घर भइ प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत्त रहेका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?