लेस्टर सिटीको प्रभावशाली जित, लिभरपुललाई दिँदै टक्कर

लेस्टर सिटीको प्रभावशाली जित, लिभरपुललाई दिँदै टक्कर
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले राम्रो प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको लेस्टरले दोस्रो हाफमा दुई गोल गरेर एक गोल खाएको हो ।

दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गरी लेस्टरलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा यूरी टिएलेम्यान्सले गोल गरेर अग्रता दोब्बर पारे ।

लीड्सका लागि ४८ औँ मिनेटमा स्टूआर्ट डालासले एक गोल फर्काए । ७६ औँ मिनेटमा जेमी भर्डीले गोल गरी लेस्टरलाई थप बलियो अवस्थामा लगे ।

इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा टिएलेम्यान्सले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ४–१ को जित दिलाए ।

जितपछि सात खेलबाट १५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । उ शीर्ष स्थानको लिभरपुल भन्दा मात्रै एक अंकले पछि रहेको छ । १० अंकसहित लीड्स १२ औँ स्थानमा छ ।

लिग अन्तर्गत सोमबार राति भएको अर्को खेलमा फुलह्यामले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?