हिल्सामा नेपाली सुरक्षाकर्मी चलाउँछन् चिनियाँ सिम !

हिल्सामा नेपाली सुरक्षाकर्मी चलाउँछन् चिनियाँ सिम !
+
-

सिमकोट- नेपाल र चीनको सिमाना हिल्सामा खटिएका सुरक्षाकर्मीहरु समेत चिनीया सिम प्रयोग गर्न बाध्य हुदै आएका छन्।

हिल्सामा नेपाल टेलिकमको टावर स्थापना नहुँदा मोवाईल सम्पर्क गर्ने अन्य माध्याम नभएपछि सिमा सुरक्षाका लागि खटिएका प्रहरीहरु चिनीया सिमा प्रयोग गर्न बाध्य भएका हुन ।

सिमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी नायव निरीक्षक इस्वरीराज न्यौपानेले अन्य बिकल्प नभएपछि बाध्य भएर नेपाली भूमिमा चिनियाँ सिम प्रयोग गनु परिरहेको बताए । हालसम्म नेपाल टेलिकमले हिल्साका मोवाईल टावरको ब्यबस्था गर्न नसक्दा सिमा सुरक्षाका लागि खटिएरका सुरक्षाकर्मीले जिल्लामा खवर गर्न र घरपरिवारसंग सम्पर्क गर्न लागि चिनीया सिम प्रयोग गर्नु परेको हो ।

हात हातमा मोवाईल भएको बेला हिल्सामा भने त्यो अबस्था छैन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब चालीस जना सुरक्षाकर्मी हिल्सामा सिमा सुरक्षाका लागि खटिदै आएका छन् । न्यौपानेले सुरक्षाकर्मीसंग पाँच वटा चिनीया सिम रहेको र त्यसैबाट सम्पर्कमा रहदै आएको बताए ।

त्यसमा एक एक वटा सिम त चिनीया पक्षले नेपाली सुरक्षाकर्मीलाई दिएको छ । यता सिमा सुरक्षा प्रहरी चौकी हिल्साका प्रहरी नायव निरीक्षक जंग बहादुर घर्तीमगरले बाध्य भएर महंङ्गो चिनीया सिम प्रयोग गर्नु परेको सुनाउछन् । सिममा पैसा रिचार्ज गर्न पनि कठिन छ ,किन भने हिल्सामा रिचार्ज गर्न सकिदैन।

त्यसका लागि ताक्लाकोटमा कोही मानिस हुनुपर्छ । महिनाको एक दिन मात्र रिचार्ज गर्न पाईने भएको कारण हिल्साका ब्यबसायीका ताक्लाकोटमा रहदै आएका आफन्तबाट सुरक्षाकर्मीले रिचार्ज गर्न लगाउदै आएका छन् । यसअघि हिल्साका ब्यबसायीले मात्र चिनीया सिम चलाउदै आएका थिए।

अन्य विकल्प नभएपनि सुरक्षाकर्मीहरुले पनि उक्त सिम चलाउनु परेको हो। दुवै सुरक्षाकर्मीले कार्यालयका काम पर्दा तिनै चिनीया सिमबाट काम चलाउदै आएका छन्। दुवै सुरक्षाकर्मीको माग जतिसक्दो चाँडो हिल्सामा नेपाल टेलिकमको मोवाईल टावन निर्माण गर्नु पर्ने माग रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?