
च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ ले पराजित गरेको हो ।
रियल मड्रिडका लागि करिम बेन्जिमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे । इन्टर मिलानका लागि मार्तिनेज र पेरिसिकले गोल गरे ।
२५ औँ मिनेटमा २५ र रामोसले ३३ औँ मिनेटमा गोल गरी रियल मड्रिडलाई अग्रता दिलाए । ३५ औँ मिनेटमा मार्तिनेजले इन्टर मिलानका लागि गोल गरे ।
यस्तै पेरिसिकले ६८ औँ मिनेटमा बराबरी गोल गरे । ८० औँ मिनेटमा रोड्रिगोले गोल गरि रियल मड्रिडलाई जित दिलाएका हुन् । समूह चरणमा पहिलो जित दर्ता गरेको रियल मड्रिडको तीन खेलबाट चार अंक भएको छ ।
मंगलबार राति नै भएको सोही समूहको अर्को खेलमा शाख्तर डोनेस्कलाई ६–० ले पराजित गरेर बोरुसिया मोनचेङ्गग्लावाच पाँच अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । शाख्तर डोनेस्क चार अंकसहित दोस्रो स्थानमा छ ।