च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित
+
-

इंग्लिस प्रिमियर लिगमा यो सिजन सोचे जस्तो राम्रो प्रदर्शन गर्न नसके पनि च्याम्पियन्स लिगमा भने म्यानचेस्टर सिटीले लगातार जितको यात्रा कायम राखेको छ ।

समूह सी अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई ३–० ले पराजित गरेको छ । सिटीका लागि फेरान टोरेस, गाब्रियल जिसस र जोएओ क्यानसेलोले गोल गरेका हुन् ।

१२ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा टोरेसले गोल गरि सिटीलाई सुरुवाति अग्रता दिलाए । डी ब्रूयनाकै सहयोगमा जिससले ८१ औँ मिनेटमा गोल गरेका हुन् ।

९० औँ मिनेटमा क्यानसेलोले गोल गरेपछि सिटी विजयी भयो । लगातार तीन खेलमा जित निकालेको सिटी ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

सोही समूह अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोले मार्सेइलीलाई ३–० ले पराजित गरेको छ । ६ अंकसहित एफसी पोर्टो दोस्रो स्थानमा छ । ओलम्पिकास तीन अंकसहित तेस्रो स्थानमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?