
सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । मंगलबार राति शारजहाँमा भएको खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको हो ।
१५० रनको लक्ष्य हैदरावादले १७ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि कप्तान डेविड वार्नरले ८५ तथा ऋद्धिमन साहले ५८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ८ विकेटको क्षतिमा १४९ रन बनायो । उसका लागि किरन पोलार्डले ४१, सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा क्वीन्टन डी ककले २५ रन बनाए ।
जितपछि तेस्रो स्थानमा पुगेको हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि चौथो स्थानको टिम रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्ने छ ।