काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष
+
-

काठमाडौँ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइ पुगेका छन् । उनी विशेष विमान मार्फत काठमाडौँ आएका हुन् ।

विमानस्थलमा उनको आगमनको रिपोर्टिङ्गका लागि पुगेका पत्रकार तथा फोटो पत्रकारहरुलाई छलेर उनी विमानस्थलबाट बाहिरिएका छन् ।
नेपाल भ्रमणको समाचार कभर गर्न गएका पत्रकारहरुलाई त्रिभूवन विमानस्थलमा प्रहरीले रोकेको थियो ।

विशिष्ट अतिथि आउँदा अरुबेला जान दिने ठाउँमा यो पटक पत्रकारहरुलाई जान दिइएको थिएन ।

नरावणे विमानस्थलबाट कोटेश्वर, बालकुमारी, सातदोबाटो हुँदै सोल्टी होटेल गएका छन्। सामान्यतया विशिष्ट अतिथिहरु विमानस्थलबाट सोल्टीसहितका होटेल जानका लागि तिनकुने बानेश्वरमार्ग प्रयोग गर्ने गरेका थिए।

नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।

भ्रमणअघि नरावणेले दुई देशका सेनाबिचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन् ।

नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आएका हुन् ।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’