हुवावेको मेट फोर्टी स्मार्टफोन चिनियाँ जेडी अनलाइन स्टोरमा ११ सेकेण्डमै ‘सोल्ड आउट’, पहिलो रेकर्ड राखेको दाबी

हुवावेको मेट फोर्टी स्मार्टफोन चिनियाँ जेडी अनलाइन स्टोरमा ११ सेकेण्डमै ‘सोल्ड आउट’, पहिलो रेकर्ड राखेको दाबी
+
-

काठमाडौँ- विश्वको दोस्रो ठूलो स्मार्टफोन कम्पनी हुवावे टेक्नोलोजीले चीनमा सार्वजनिक गरेको बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज हुवावे मेट फोर्टीको ११ सेकेण्डमै सोल्ड आउट भएको छ।

चिनियाँ इ-कमर्स जेडी अनलाइन स्टोरमा प्री-अर्डर सुरु भएको ११ सेकेन्डमै हुवावेको मेट फोर्टी सोल्ड आउट भएको जनाएको छ। तर यही अनलाइन स्टोरबाट स्टोरबाट आईफोन ट्वेल्भको सिरिज भने ४५ मिनेटमा सोल्डआउट भएको थियो।

यसका साथै जेडी अनलाइनमा ८ सेकेन्डमै १०० मिलियन सेल गरेर मेट फोर्टीले आफ्नो पहिलो रेकर्ड राखेको समेत दाबी गरेको छ। त्यतिमात्रै नभएर हुवावे मेट फोर्टी सर्च गर्ने प्रयोगकर्ताहरू मेट थर्टीका तुलनामा ६ सय प्रतिशतले बढेको जनाएको छ।

जेडी अनलाइनका अनुसार हुवावे मेट फोर्टी अहिलेसम्‍मकै सबैभन्दा बढी लोकप्रिय स्मार्टफोन भएको दाबी गरिएको छ भने प्रि-अर्डर सुरू भएको शुक्रबार अलिबाबाको ईकमर्स प्लेटफर्म टिमलमा १२ हजार मानिसले एकैपटकमा फ्ल्यागशिप फोन किनेका थिए।

यता, हुवावे कन्जुमर डिभिजनका सीइओ रिचार्ड यू चेङदोङले भनेका छन्, ‘हाल विश्वभर ८० करोड मानिसले हुवावेका स्मार्टफोन प्रयोग गर्दै आएका छन्। अमेरिकाले हाइ-इन्ड चीपमा प्रतिबन्ध लगाएकोपछि मानिसको नजरमा यो स्मार्टफोन परेको हुनुपर्छ। अमेरिकाको घमण्ड तोड्न समेत यसले मद्दत पुर्‍याउनेछ।’

चिनियाँ संस्करणपछि हुवावेले युरोपेली बजारमा समेत हुवावे मेट फोर्टीको प्रो विस्तार गर्ने तयारीमा जुटेको जनाएको छ। साथै नेपाली बजारमा पनि चाँडै मेट फोर्टी प्रो आउने र यसको मूल्य एक लाख ७० हजारको हारहारीमा हुने बताइएको छ।

हुवावेले सार्वजनिक गरेको मेट फोर्टीले हालै सार्वजनिक एप्पलको आइफोन ट्वेल्भसँग कडा प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएको भने ट्रम्प प्रशासनलाई चुनौती दिँदै आफ्नै कम्पनीले बनाएको हाई-इन्ड चीप प्रयोग गरिएको छ जुन विश्वकै पहिलो नानोमिटर फाइभजी चिपसेट हो।

यो स्मार्टफोनमा हुवावे आफैले किरिन ९००० फाइभजी नानो मिटर चिपसेट उत्पादन गरेर मेट फोर्टी स्मार्टफोनमा प्रयोग गरेपछि अमेरिकाले निर्यात गर्दै गरेको हाइ-इन्ड चिपमा चीनले गतिलो जवाफ दिएको बुझिएको छ भने ‘प्रविधि युद्ध’मा समेत चुनौती दिएको विश्लेषण गर्न थालिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?