फिदिममा १४ जना कोरोना संक्रमित थपिए, चारजना निको

फिदिममा १४ जना कोरोना संक्रमित थपिए, चारजना निको
+
-

पाँचथर-पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट््याक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा सङ्क्रमण देखिएको हो।

फिदिमका ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तीन जना बन्दीसमेत रहेका छन् ।

आज आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा सङ्क्रमण देखिएको हो । अध्यक्ष नेपाल र महासचिव घिमिरे दुवैले सामाजिक सञ्जालमार्फत सङ्क्रमण देखिएको जानकारी दिँदै सम्पर्कमा रहेकालाई सचेत रहन आग्रह गरेका छन्।

पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन् । पछिल्लो सङ्ख्यासँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ।

मङ्गलबार मात्रै मिक्लाजुङका एक जनामा सङ्क्रमण देखिएको थियो। जिल्लाको मिक्लाजुङ गाउँपालिका तथा सदरमुकाम फिदिममा समुदायस्तरमा सङ्क्रमण देखिए पनि पछिल्लो पटक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?