
मोरङ-प्रदेश १ मा कोरोना भाइरसका ३ सय ४ जना नयाँ संक्रमित थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरस्थित मन्त्रालयका अनुसार मोरंगमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा समान २ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार विराटनगरमा ४६ महिला र ६५ पुरुष गरि कुल १ सय ११ जनामा संक्रमण देखिएको छ।
मोरंगको रतुवामाई नगरपालिकामा १४, मिक्लाजुङ गाँउपालिका र बेलबारी नगरपालिकामा समान ७, उर्लाबारी नगरपालिका र ग्रामथान गाँउपालिकामा समान ३, कटहरी गाँउपालिकामा २, रंगेली र पथरीशनिश्चरे नगरपालिकासंगै बुढीगंगा गाँउपालिकामा समान १, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा ७७, इटहरी उपमहानगरपालिकामा १४, इनरुवा नगरपालिकामा २, देवानगञ्ज र बर्जु गाँउपालिकासंगै दुहवी, बराहक्षेत्र नगरपालिका, र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
झापाको दमक नगरपालिकामा १०, विर्तामोड र गौरादह नगरपालिकामा समान ४, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकामा समान १ र स्थानीय तह नखुलेकोमा २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरि, पाँचथरको फिदिम नगरपालिकामा ११, हिलिहाङ, मिक्लाजुङ गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १, उदयपुरको बेलका नगरपालिकामा १ र स्थानीय तह नखुलेकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २० हजार ४ सय १ पुगेको छ ।
अर्कोतर्फ, प्रदेशमा बुधबार ४ सय २२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न होमआईसोलेसनबाट २ सय ३४, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७१, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, विराटनगरको कालि सदन आईसोलेसन, र बैजनाथपुर आईसोलेसनबाट समान ७, विराटनगरकै नोबेल अस्पताल र बेलबारी नगरपालिकास्थित आईसोलेसनबाट समान ६ जना डिस्चार्ज भएका छन्।
यस्तै झापाको धाईजन आईसोलेसन केन्द्र र विराटनगरको न्युरो अस्पतालबाट समान ४, संखुवासभास्थित जिल्ला अस्पताल र विराटनगरको मारवाडी सेवा सदन आईसोलेसनबाट समान ३, रंगेली नगरपालिकास्थित कोभिड १९ आईसोलेसन केन्द्र र झापाको मेची अस्पतालबाट समान २, इलाम अस्पताल, उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित कोभिड १९ आईसोलेसन केन्द्र, जिल्ला अस्पताल धनकुटा र सुनसरीस्थित वि जेनरल अस्पताल हरिनगरबाट समान १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ ।
प्रदेशमा बुधबार १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये १ सय २३ महिला र १ सय ८१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।