कोरोना परीक्षण रिपोर्ट बिना डोल्पा प्रवेशमा रोक, धमाधम फर्काइँदै पर्यटक

कोरोना परीक्षण रिपोर्ट बिना डोल्पा प्रवेशमा रोक, धमाधम फर्काइँदै पर्यटक
+
-

डोल्पा– हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ। जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिना नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो।

हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए।

‘जिल्लाका सीमानाकामा कडाई गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्टसहित होम क्वारेन्टिनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौँ,’ प्रजिअ सुनारले भने, ‘डोल्पा घुम्न आएका पर्यटकलाई ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्टसहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ, सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले डोल्पा नआउन आग्रह गर्दछौँ।’

सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ सुनारको भनाइ छ।

गत असोज पहिलो साता नै जिल्लामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णयसहित पटक–पटक सूचना प्रकाशन गरेपनि धमाधम पर्यटक भने आइरहेका छन्। जिल्लाका फोक्सुण्डो ताल र झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकन गर्न काठमाडौँ, पोखरा, झापा लगायतका ठाउँबाट पर्यटक आउने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?