
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाको प्रभावशाली प्रदर्शन जारी रहेको छ।
समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गरि टिमलाई सुरुवाति अग्रता दिलाए ।
यस्तै ६५ औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे।
डिनामो किएभका लागि सिगान्कोभले ७५ औँ मिनेटमा एक गोल फर्काए। लगातार तेस्रो जितसहित बार्सिलोना ९ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।