शीतभण्डार सञ्चालनमा

+
-

डडेल्धुरा – डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् ।

अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षेत्रीय निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गरेका हुन् ।

विसं २०७४ वैशाखभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करीब १ वर्ष ढिलो गरी शीतभण्डारको निर्माण सम्पन्न भएको हो । किसानले कोल्ड स्टोरमार्फत आलुको बीउलाई मात्रै सुरक्षित राख्न सके ३० प्रतिशत आयस्तरमा वृद्धि हुने आयोजना प्रमुख अर्यालले बताए ।

“शीतभण्डारको निर्माणपछि उत्पादन गरेकै समयमा बिक्री गर्न नसक्दा कृषकले सहनुपर्ने घाटा र व्यवसायीद्वारा कुहिएको तरकारी तथा फलफूलको मूल्य उपभोक्ताबाट अशुल्ने समस्याबाट बच्न सकिन्छ,” उनले भने । पाँच करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भएको पाँचतले कोल्ड स्टोरको क्षमता एक हजार ४५० मेट्रिक टन रहेको छ ।

नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिज्मएफपी) को ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा स्थापना भएको उग्रतारा शीतभण्डार उद्योगका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरा जिल्लाका व्यावसायिक कृषकको आयस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ । शीतभण्डार सञ्चालनमा आए पछि आलु र आलुको बीउका साथै अन्य कृषि उपज पनि सहजै भण्डारण गर्न सकिने भएबाट किसान उत्साहित भएका छन् ।

आफ्नो बारीमा तरकारी उत्पादन भए पनि सस्तो मूल्यमै तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता हटेको कृषक पशुपति ऐरले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?