
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देशभर ४ सय २८ जना कोरोना संक्रमितको आईसीयुमा र ७४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा ८, बागमती प्रदेशमा २११, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ९ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।
यस्तै प्रदेश १ मा १३, बागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।