डाेटीमा वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

डाेटीमा वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान
+
-

डोटी-रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गरेकाे रगतले ज्यान बचेको छ । विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उनी उपचारका लागि उक्त अस्पतालमा गएराति आएकी थिइन्। समयमै रगत नपाएको भए उनको ज्यानसम्म जाने सक्ने चिकित्सकले बताएका छन् । कम्तीमा पनि चार पिण्ट ओ पोजेटिभ रगत अभाबमा छट्पटिएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि वडाध्यक्ष खड्काले अस्पतालमै आएर आज रगत दान गरेका थिए। वडाध्यक्ष खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए। जिल्लामा रगत प्रदान गर्ने ब्लड बैङ्क नभएका कारण यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई रगत प्रदानका लागि निकै समस्या हुँदै आएको छ । जिल्ला अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले वर्षौ पहिले ब्लड बैङ्क खोलेको भएपनि ब्लड राख्ने आवश्यक उपकरण नभएका कारण उक्त बैङ्क सञ्चालनमा आउन सकेको छैन । यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी सर्वजीत देउवाले बतााए। रगत दान गरे बिरामी परिनुका साथै कमजोर भइन्छ भन्ने यहाँका स्थानीयवासीमा परेको नकारात्मक सोचका कारण प्रायः रगत दान गर्न नमान्ने गरेको पनि पाइएको छ । वडाध्यक्ष खड्काले रगत नपाउँदा समस्यामा परेकी महिलालाई रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको बताए । उनले भने, “मानवीय धर्म निर्वाह गरेर अरुको ज्यान बचाउन आफूले रगत दिन पाएँ, निकै खुशी छु, मेरो रगतले कसैको ज्यान बच्यो ।” करदाता कार्यालयको सेवा सुरु जिल्लामा वर्षौपछि करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले जिल्लामा करदाता सेवा कार्यालय स्थापना गराएको हो । करदाता सेवा कार्यालयले आफ्नो सेवा शुरु गरेपछि करसम्बन्धी सामान्य कामका लागि कैलाली जानुपर्ने यहाँका स्थानीय सेवाग्राहीको समस्या पनि समाधान भएको छ । आन्तरिक राजस्वसम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने गरी जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय नजिक रहेको सड्क डिभिजनको भवनबाट कार्यालयले आफ्नो सेवा प्रवाह गरेको कार्यालय प्रमुख हरि शर्माले बताए । कार्यालयबाट आज कृषि र्फमका लागि पहिलो प्यान नम्बर दिपायल सिलगढी नगरपालिका–१ गोसेडाकी हरूदेवी साउदले लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?