
सिमकोट-हिमालपारीको गाउँ लिमीको तुम्लिङ बगरमा वाईवाई चाउचाउको प्रति प्याकेटको मुल्य एक सय रुपियाँ मुल्य पर्ने गरेको छ ।
तीन दिन पैदल लगाएर बोकी तुम्लिङमा लिएर बिक्री गर्दा महंगो मुल्य पर्ने गरेको हो।
तुम्लिङ वगरका ब्यापारी फुन्जोक तामाङले एक प्याकेट वाईवाई चाउचाउको मुल्य एक सय रुपियाँ पर्ने गरेको बताए । सदरमुकाम सिमकोटबाट र नाम्खा गाउँपालिकाका अन्य स्थानबाट दुई देखि तीन दिन पैदल बोकेर लानु पर्ने भएपछि चाउचाउको मुल्य महंङ्गो पर्ने गरेको हो ।
सदरमुकाम सिमकोटमा एक प्याकेट वाईवाई चाउचाउको मुल्य तीस रुपियाँ पर्नेगर्छ । तामाङले टाढाबाट लिनु पर्ने र सबै श्रम जोड्दा एक सय रुपियाँ बिक्री गर्ने गरिएको बताए ।
यसअघि तुम्लिङमा सबै चिनीयाँ सामान मात्र पाईन्थ्यो र नेपाली सामान बिरलै पाउथ्यो तर यसवर्ष कोरोनाको कारण चिनीयाँ नाका बन्द भएपछि कुनै सामान आयात नहुदा नेपाली सामान बिक्री हुने गर्छ ।
त्यसै गरी सावन प्रतिगोटाको पनि एक सय रुपियाँ मुल्य पर्नेगर्छ । अण्डा प्रतिदानाको साठी रुपियाँ मुल्य पर्छ । चिनी प्रतिकेजी तीन सय पचास रुपियाँ पर्नेगर्छ ।
यसरी सामानको मुल्य आकाशिदो हुनुमा मुख्य गरि भौगोलिक बिकटता भएको स्थानीयको गुनासो रहेको छ । भौगोलिक बिकटताले गर्दा लिमी यति धेरै महंगो पर्ने सामान कतिवेला भने अभाव हुने गर्छ ।