हैदराबादले बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

हैदराबादले बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोज्यो
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

यो खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्सको सामना गर्नेछ।

बैंगलोरले पछिल्ला चार खेल लगातार हारेको छ।  हैदराबादले भने लगातार तीन खेल जितेको छ। उसले अन्तिम खेलमा शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई १० विकेटले हराएर प्ले अफमा स्थान बनाएको थियो।

आइपिएलमा हैदराबाद र बैंगलोर हालसम्म १६ पटक भिडेका छन् जसमा हैदराबादले ९ जित र ७ हार ब्यहोरेको छ।

बैंग्लोर विराट कोहलीको कप्तानीमा छ। टोलीमा एबी डे भिलियर्स, क्रिस मोरिस, देवदुत पडिक्कललगायत विस्फोटक ब्याट्सम्यान छन्।यसअघि तीनपटक फाइनल पुगेको बैंग्लोरले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादमा मनिष पाण्डे, केन विलियम्सन, रसिद खान, जेसन होल्डरजस्ता भरपर्दा खेलाडी छन्। हैदराबाद सन् २०१६ को आइपिएल संस्करण विजेता हो। त्यतिबेला उसले फाइनलमा बैंग्लोरलाई नै हराएको थियो।

मुम्बई यो सिजन फाइनल पुगिसकेको छ। मुम्बईले बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्लीलाई हराएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?