अक्षय कुमारको अपिलः तेस्रो लिङ्गीलाई सम्मान र प्रेम गरौँ

अक्षय कुमारको अपिलः तेस्रो लिङ्गीलाई सम्मान र प्रेम गरौँ
+
-

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’ दिवालीलाई लक्षित गर्दै सोमबार (नोभेम्बर ९) बाट रिलिज हुँदैछ। चलचित्रमा अक्षय ट्रान्सजेन्जरको भूमिकामा देखिनेछन्।

यसै सन्दर्भमा उनले ट्रान्सजेन्डरलाई सम्मान र प्रेम गर्न सबैसँग आग्रह गरेका छन्। अक्षयले एक भिडियो जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

‘अहिलेसम्म जे भयो, त्यो हाम्रौ गल्ती हो। आफ्नो दृष्टिकोण बदल्ने पालो अब हाम्रो हो। अरुलाई खुसी पार्न उनीहरु सबै दुःख सहन्छन्, अब उनीहरुलाई खुसी बनाउने पालो हाम्रो हो। उनीहरु सधैँ हाम्रो खुसीको लागि नाचे, अब यिनीहरुको खुसीका लागि नाच्ने पालो हाम्रो हो। यिनीहरुले सानैदेखि विभेदको बोझ बोके, अब उनीहरुलाई अधिकार दिलाउने पालो हाम्रो हो,’ अक्षयले भिडियोमा भनेका छन्।

अक्षय अगाडि भन्छन्, ‘आउनुहोस् लिङ्गको आधारमा गरिने रुढिवादी सोच तोडौँ र रातो टिकाको साथमा तेस्रो लिङ्गीलाई समर्थन गरौँ, समान प्रेम र सम्मानको पक्षमा उभिउँ।’

चलचित्र ‘लक्ष्मी’मा अक्षयका साथै अभिनेत्री कियारा आडवाणीको मुख्य भूमिका छ। चलचित्रको निर्देशन राघव लरेन्सले गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?