घोडाबाट लडेर घाइते भएका कर्णालीका मुख्यमन्त्री शाहीको हेलिकप्टरबाट उद्धार

घोडाबाट लडेर घाइते भएका कर्णालीका मुख्यमन्त्री शाहीको हेलिकप्टरबाट उद्धार
+
-

सिमकोट– घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत  लगिएको छ। मुख्यमन्त्री शाही अनुगमनका लागि भन्दै हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ३ को तोर्पातर्फ गएका थिए।

शनिबार मुख्यमन्त्री शाही हिल्दुम जलविद्युत आयोजनाको अनुगमन गरेर तोर्पा हुँदै लिमाटाङतर्फ जानेक्रममा बाटोमा बेलुका साढे चार बजेतिर घोडाबाट लडेर घाइते भएका हुन्।

घोडाबाट लडेर घाइते भएपछि उद्धारका लागि सिमकोटमा रहेको हेलिकप्टरलाई खबर गरिएको थियो। घाइते मुख्यमन्त्री शाहीलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याउने भनिए पनि हेलिकोप्टरबाट बाहिर ननिकालेरै उनलाई सुर्खेत लगिएको हो।

मुख्यमन्त्री घाइते भएको जानकारी पाएपछि जिल्ला अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेपनि मुख्यमन्त्रीलाई प्राथमिक उपचार नगरी सुर्खेत लगिएको अस्पताल स्रोतले जानकारी दियो।

मुख्यमन्त्री शाही सामान्य घाइते भएको भनिए पनि स्वास्थ्य अवस्थाको बारेमा थप जानकारी दिइएको छैन। घटनास्थल सदरमुकाम सिमकोटबाट तीन घण्टा पैदल दूरीमा पर्छ। उनी दुई दिनदेखि हुम्लामा थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?