
बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्यनले बोरुसिया डर्टमुण्डलाई ३–२ ले पराजित गरेको हो ।
रेउसले ४५ औँ मिनेटमा गोल गरि बोरुसिया डर्टमुण्डका लागि गोल गरे । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा अलाबाले गोल गरि बार्यनलाई बराबरी दिलाए ।
४८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्की तथा ८० औँ मिनेटमा लिरोय सानेले गोल गरे बार्यनका लागि।
बोरुसियाका लागि एर्लिङ्ग ब्राउट हल्याण्डले ८३ औँ मिनेटमा गोल गरे पनि हार टार्न सकेनन् । जितपछि शीर्ष स्थानको बार्यनको सात खेलबाट १८ अंक पुगेको छ ।