
स्पेनिस क्लब रियल मड्रिडका इडन हजार्ड र कासेमिरो कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनीहरु दुवै आइसोलेशनमा रहेको क्लबले जनाएको छ।
२९ वर्षे बेल्जियन फरवार्ड इडन र २८ वर्षे ब्राजिलियन मिडफिल्डर कासेमिरोले आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने भएका छन्।
शुक्रबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको रियल मड्रिडले जारी गरेको वक्तव्यमा उल्लेख छ।
यो हप्ताको सुरुमा डिफेन्डर एडर मिलितओ कोरोना भाइरसबाट संक्रमित भएका थिए।