
सिमकोट -नेपाल टेलिकमको सेवाबाट हुम्लाबासीले आजित हुनु परेको छ। टेलिकमको इन्टरनेट सेवा सुस्त हुनु र मोवाईल सेवामा पनि स्पष्ट रुपमा आवाज नसुनिदा हुम्लाबासीले शास्ती खेप्नु परेको हो ।
कक्षा १२ मा अध्ययनरत सिमकोट गाउँपालिका वडा नम्बर ५ का ससि रावतले अनलाईन कक्षा लिन निक्कै सास्ती खेप्नु परेको छ । दिउसो १२ बजेवाट तीन बजेसम्म उनको कलेजले अनलाईन कक्षा सुरु गरेको छ । तर टेलिकमको एडिएसएल सेवाले काम नगर्दा कक्षा छुटाउनु पर्ने अबस्था उनलाई छ।
त्यसैले दैनिक फोर जिबाट प्याक लिएर कक्षामा सहभागिता जनाउनु परेको उनले बताए । त्यो पनि गतिलो काम नगर्ने उनले बताए । बिहान र रातीको समय केही काम गरेपछि दिउसो र बेलुका काम नगर्दा सेवाग्राहीले शास्ती खेप्नु परि रहेको छ ।
सञ्चारकर्मी नन्द सिंहले एउटा समचार सम्प्रेषण गर्न तीन घण्टा भन्दा बढी समय कुर्नु पर्ने बताए पछि हुम्लामा इन्टरनेटको अबस्थाका बारेमा बुझ्न कठिन छैन । इन्टरनेटले काम नगरेपछि कति दिन त कामै बन्द गर्नु परेको उनले बताए । यो समस्या विधार्थी र सञ्चारकर्मीका लागि मात्र नभई कार्यालयमा काम गर्ने कर्मचारीको पनि उस्तै छ।
अझ इन्टरनेटको बढी आबश्यकता पर्ने बैंक तथा बित्तिय क्षेत्रका कार्यालयमा त झ इन्टरनेटले काम नगर्दा सेवा नै बन्द गर्नु परेको अबस्था पनि छ । त्यही भएर हुम्लामा स्थापना भएका बैंकहरुले बिकल्पमा काम गर्नका लागि दोहोरो इन्टरनेट जडान गरेका छन्।
सांग्रिला बिकास बैंकका प्रबन्धक चन्द्र प्रसाद लम्साल बिकल्प दिन गरि कार्यालयमा इन्टरनेटको जडान गरे पनि दैनिक काम रोक्नु पर्ने अबस्था रहेको बताउछन् । तर टेलिकमका लाईन म्यान राम बहादुर बोहरा कम क्षेत्रका टावर भएकै कारण इन्टरनेट सेवा सुस्त भएको बताउछन्।
हुम्ला टेलिकमले २८६ पोटबाट मात्र एडिएसएल सेवा प्रदान गरेको छ। सदरमुकाम सिमकोट कै ब्यबस्था सहज नभएपछि गाउँमा त झन टेलिफोन गर्न पनि डाँडामा जानु पर्ने अबस्था छ । नेपाल टेलिकमको मोवाईल सेवामा पनि खवारी आई रहने समस्या रहेको अर्का सेवाग्राही पदम सिंहले बताए।
घण्टी जाने तर आवाज नसुनिने समस्या हैरानी खेप्न सामान्य जस्तै भएको छ। कर्णालीका बिकट स्थानमा बेला बेलामा टावरमै समस्या आएपछि यस्तो समस्या भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजमा प्राविधिक शुसिम पोखरेलले बताए। यो समस्या आईतवार बिहान पनि भएको उनले बताए।