
काठमाडौँ– नेपाल–जापान मैत्रीपूर्ण जलजन्य प्रकोप न्यूनीकरण संघ (एनएफएडी) का महासचिव टोसीओ मोरीले पहिरोको जोखिम कम गर्न जापानले सहयोग गर्ने बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँग बुक्रबार भएको भेटमा महासचिव मोरीले पहिरो प्रकोप सेन्टर बनाउन सुझाव दिँदै त्यसका लागि जापानले सहयोग गर्ने बताए ।
उनले भने नेपालमा पहिरोको जोखिम बढि भएकाले पहिरो जानु पहिले नै जानकारी दिने प्रविधि भित्र्याउन सुझाव दिएका छन् । मन्त्री पुनले प्रकोप सेन्टर स्थापना गर्ने निर्णय सरकारले चाँडै गर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरे ।