दिल्ली क्यापिटल्स पहिलोपटक आईपीएलको फाइनलमा, हैदराबाद १७ रनले पराजित

दिल्ली क्यापिटल्स पहिलोपटक आईपीएलको फाइनलमा, हैदराबाद १७ रनले पराजित
+
-

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा पहिलोपटक फाइनल पुगेको छ।

आइतबार भएको दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो। पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ८९ रन जोडेको थियो। दिल्लीका शिखर धवनले ७८, सिमरन हेटमेयरले ४२, मार्कस स्टोइनिसले ३८ र श्रेयस अयरले २१ रन बनाए।

हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ मात्र रन जोड्यो। हैदराबादका केन विलियम्सनले ६७, अब्दुल समादले ३३ र मनिष पाण्डेले २१ रन बनाए। दिल्लीका कागिसो रबडाले चार र स्टोइनिसले तीन विकेट लिए। रबडाले चार ओभरमा २९ र स्टोइनिसले तीन ओभरमा २६ रन दिए।

लगातार विकेट गुमाएर संकट परेको हैदराबादलाई विलिम्सन र समादले खेल जिताउन सक्ने स्थितीमा ल्याएपनि १७ औँ ओभरमा विलियम्सन पाचौँ विकेटका रुपमा स्टोइनिसको बलमा आउट भएपछि दिल्लीले राहतको सास फेरेको थियो। समाद र विलियम्सनले ५७ रनको साझेदारी गरे।

त्यसपछि पनि रसिद खान र समादको आक्रमणले दिल्ली दबाबमा देखियो। हैदराबादलाई अन्तिम दुई ओभरमा ३० रन आवश्यक रहेका बेला रबडा बलिङमा गएका थिए। १९ औँ ओभरमा रबडाले गरेको उक्त बलिङ हैदराबादका लागि घातक रह्यो जसले त्यस ओभरमा तीन विकेट गुमायो।

दिल्लीले उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्ने छ। उपाधि भिडन्त मंगलबार हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?