
साबिक विजेता युभेन्टसले अंक जोड्ने मौका लगातार गुमाउँदै गएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस लाजिओसँग १–१ को बराबरीमा रोकियो ।
१५ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर अवे टोली युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर सो अग्रता इन्जुरी समयमा गएर कायम रहन सकेन ।
लाजिओका लागि काइसेडोले ९५ औँ मिनेटमा गोल गरे र युभेन्टसलाई जितको मार्गबाट रोके। बराबरीपछि पाँचौँ स्थानको युभेन्टसको सात खेलबाट १३ अंक भएको छ ।
उ शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले पछि रहेको छ । एसी मिलान हेलास भेरोनासँग २–२ को बराबरीमा रोकिएको छ ।
आइतबार राति भएका अरु खेलमा रोमाले जेनोआलाई ३–१ ले नापोलीले बोलोग्नालाई १–० पराजित गरेको छ । यस्तै अरु खेलमा एट्लान्टा र
इन्टर मिलानले १–१ तथा तोरिनो र क्रोतोनेले गोल रहित बराबरीमा रोकिएका छन्।