औषधिका बिरुवाले आयुर्वेद औषधालय हराभरा बनाउँदै कविराज लहेरी

औषधिका बिरुवाले आयुर्वेद औषधालय हराभरा बनाउँदै कविराज लहेरी
+
-

झापा – झापाको बुद्धशान्ति ३ का दुर्गा पाठक बुद्धशान्ति आयुर्वेद औषधालयमा कार्यरत कविराज पुरण लहेरीले दिएको आयुर्वेदिक औषधि खान थालेपछि रगत ठिक ठाउँमा रहेको प्रतिक्रिया दिने गरेका छन्।

उनको रगतमा अचानक डब्लुबीसीको मात्रा बढेको उनी बताउँछन्। राजधानी काठमाडौँ लगायत धेरै अस्पताल गए तर निको हुन सकेन।

चिकित्सकहरूले भरतपुर क्यान्सर अस्पताल गएर जचाउन सल्लाह दिइरहेका थिए। तर अचानक उनीसँग कविराज पुरण लहेरीको भेट भयो। लहेरीले रगतको मात्रालाई सन्तुलित राख्नका लागि जडिबुटी चिनाइदिए अनि खाने तरिका बताइदिए।

नियमित सेवन गरेपछि रगतमा डब्लुबीसीको मात्रा घटेको र अहिले सही परिमाणमा रहेको पाठकको दाबी छ।

त्यसैगरि बुद्धशान्ति ३ कै पदमकुमारी श्रेष्ठकी सासुलाई फोक्सोमा समस्या हुँदा गुर्जो, असुरोको पात, तुलसी, अमलालगायत जुडिबुटी मिलाई नियमित सेवन गर्न लगाउँदा अहिले उनलाई धेरै आराम भएको श्रेष्ठ बताउँछिन्।

जडिबुटीमार्फत बिरामीको उपचार मात्र लहेरीले गरिरहेका छैनन्। बुद्धशान्तिको आयुर्वेद औषधालयको परिसरका खाली जग्गामा धेरै किसिमका औषधिका लागि प्रयोग हुने जुडिबुटीका बिरुवा रोपेका छन्। धेरै बिरुवा त रुख बनिसकेका छन्।

आयुर्वेद चिकित्सालाई विश्वास गर्ने सेवाग्राही कविराज लहेरीको सम्पर्कमा आउने गरेका छन्। २०५३ सालमै बुधबारे आयुर्वेद औषधालयमा सेवा दिन आइपुगेका लहेरी घुम्दै फिर्दै अहिले पुनः बुद्धशान्तिमै सेवा दिन आइपुगेका छन्।

उनीकहाँ जचाउन जाने विरामीले प्रायः आयुर्वेद औषधालय परिसरमा रहेका बोट बिरुवाबाट नै औषधि पाउने गरेका छन्।

त्यतिमात्र होइन, औषधिका बोट बिरुवा चिनाइदिने र खाने तरिका बताइदिने गरेका छन्। लहेरी भन्छन्, ‘मात्रा मिलाएर खायो भने जडिबुटीमार्फत ठूला रोगहरूको पनि सहज उपचार हुन्छ।’

उनले ५० भन्दा बढी जडिबुटीका बिरुवा लगाएका छन्। अपमार्ग, अश्वगन्धा, असुरो, अमला, अर्जुन, अदुवा, अनार, आँक, कुरिलो, कष्टकारी लगायत जडिबुटीका बोटले आयुर्वेद औषधालय हराभरा भएको छ।

कविराज लहेरी भन्छन्, ‘यी सबै बनस्पति धेरै गुणकारी छन्। औषधिका लागि प्रयोग हुने भएकाले मैले धेरै खोजेर यहाँ रोपेको हुँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?