
धनगढी-सुदूरपश्चिम प्रदेशमा सोमबार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार सोमबार प्रदेशका ७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १० हजार १ सय ५४ पुगेको छ, भने ८ हजार ४ सय ८५ जना संक्रमण मुक्त भएका छन्।
मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीका ४७, कञ्चनपुरका १५, अछामका ८, बैतडीका ९, बझाङका १०, बाजुराका ८, डडेल्धुराका १४, दार्चुलाका ९ र डोटीका ९ जना रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा हाल सम्म १ लाख १० हजार ९ सय ४४ जनाको पिसिआर पद्धतिबाट कोरोना परिक्षण गरिएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ७ वटा प्रयोगशालामा गरिएको १० हजार ९ सय ४४ स्वाव परिक्षण मध्य १ लाख ३ हजार ८९ जनामा कोरोना नेगेटिभ रहेको छ।
प्रदेशमा हाल सम्म कोरोना संक्रमण बाट २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका १५, बझाङका ३, अछाम र बाजुराका २÷२ तथा कञ्चनपुर, डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका १-१ जना रहेका छन्।
सुदूरपश्चिम प्रदेशमा हाल १ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सक्रिय संक्रमित हुने मध्य सवैभन्दा बढी कैलालीमा छन् भने सवै भन्दा कम बाजुरामा रहेका छन्।
मन्त्रालयका अनुसार सोमबार सम्म कैलालीमा ७ सय ३२ सक्रिय संक्रमित रहेका छन् । यसै गरी बझाङमा २ सय १, दार्चुलामा २ सय ८, डोटी र कञ्चनपुरमा समान १ सय २१, अछाममा ९३, डडेल्धुरामा ८०, बैतडीमा ४८, बाजुरमा १८ र अन्य जिल्लामा संक्रमण पुष्टि भएका २० जना सक्रिय संक्रमित रहेका छन्।