
झापा – नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हल्दिबारी ४ निवासी ७० वर्षीय नेपालको उपचारका क्रममा सोमबार राति पौने १२ बजे विराटनगर नोबेल अस्पतालमा मृत्यु नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।
उनलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यही बेला उनको फोक्सोमा धेरै संक्रमण भएको भन्दै मेची प्रादेशिक अस्पतालबाट उनलाई विराटनगर रेफर गरिएको थियो।
प्लाज्मा थेरापीले पनि काम नगरेको रेडक्रस झापाका सभापति ढकालले बताए।
कोरोना संक्रमणबाट हल्दिबारीमा पहिलोपटक मुत्यु भएको हो।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६९ पुगेको छ।