हिमालपारीको गाउँ लिमीबाट सिमा सुरक्षामा खटिएको प्रहरी सदरमुकाम फिर्ता

हिमालपारीको गाउँ लिमीबाट सिमा सुरक्षामा खटिएको प्रहरी सदरमुकाम फिर्ता
+
-

सिमकोट-सिमा सुरक्षाका लागि खटिएको हिमालपारीको गाउँ लिमीको सुनखानीमा रहेको प्रहरी चौकी प्रहरी सदरमुकाम सिमकोट फिर्ता भएको छ।

चिसोले चौकीमा बस्न नसक्ने भएपछि प्रहरी जिल्लामा फिर्ता भएको हो।

बर्षेनी रुपमा जेठ महिनामा जिल्लाबाट गएर सिमा सुरक्षा प्रहरी चौकी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको सुनखानीमा गएर बसेको भएपनि अहिले चिसो सुरु भएपछि जिल्लामा फिर्ता आएको प्रहरी निरीक्षक सिताराम बिष्टले बताउदै अहिले आएको प्रहरी अब अर्को जेठमा मात्र चौकीमा जाने बताए।

उनले चिसो बढेको र हिमपातपछि फिर्ता आउन कठिन हुने भएको कारण सिमा सुरक्षामा खटिएको प्रहरी सफा मौसममै फिर्ता आएको बताए। प्रहरी चौकीबाट सिमा क्षेत्र टाढा भएको र सहजै जानपनि नसकिने भएको कारण गस्ती पनि धेरै हुने गरेको छैन।

स्थानीय पेम्वा तामाङले लिमीमा कुनै घटना नघट्ने र घटेपनि प्रहरीकोमा नआएरै गाउँमै मिल्ने भएको कारण खासै प्रहरीको पनि काम नपर्ने बताए।

यस वर्ष प्रहरी चौकीमा एउटा पनि केश आएका थिएनन् । बस्ती भन्दा एक घण्टाको दुरीमा रहेको सुनखानीमा प्रहरी आफ्नै भवनमा बस्दै आएको थियो।

प्रहरी नायव निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भएपनि सात जना प्रहरी यसपाली चौकीमा पुगेका थिए। लिमीको सुनखानी चौकीका प्रहरी जिल्लामा फिर्ता आएसंगै अब प्रहरी चौकी खाली भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?