
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर फर्किएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सचिवालयका पाँच जना सदस्यहरुबीच पार्टी मुख्यालय धुम्बाराहीमा बैठक जारी रहेको छ।
सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम अध्यक्ष दाहालको नेतृत्वमा अनौपचारिक बैठक बसिरहेका छन्।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर फर्केका दाहालले बैठकलाई यसअघि भनिएजस्तो औपचारिक बैठक भने सञ्चालन गरेका छैनन्।
प्रधानमन्त्री ओलीसँग दाहाल पक्षीय समूहको असन्तुष्टि र असहमति बढेपछि नेकपा विवाद अहिले उत्कर्षमा पुगेको छ।