
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४०४ जना कोरोना संक्रमितको आईसीयुमा र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा १२ जना, बागमतीमा १८४, गण्डकीमा ७६, लुम्बिनीमा ६२, कर्णालीमा ८ र सुदूरपश्चिममा १७ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।
यस्तै प्रदेश १ मा १५, प्रदेश २ मा २, बागमतीमा ५८, गण्डकीमा १५ र लम्बिनीमा ६ जना गरी ९६ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। मनाङमा सक्रिय संक्रमितको संख्या शून्य छ।