
अ
+
अ
अ
-
काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग नजिक रहँदै आएका पूर्वमाओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले दाहालले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग असहमति भएपछि बोलाएका तीनैवटा अनौपचारिक बैठकमा सहभागी भएका छैनन्।
नौ सदस्यीय नेकपा सचिवालय सदस्यमध्ये एक बादल यसअघि प्रचण्ड निवास खुमलटारमा बोलाइएको अनौपचारिक भेलामा भने सहभागी भएका थिए। नेकपाभित्र ओली र दाहाल पक्षीय विवाद तीव्रतर बन्दै जाँदा सचिवालय सदस्यहरु को, कस्को गुटतर्फ भन्ने विषयले प्रधान महत्त्व पाउँदै आएका छन्। अहिले दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरु एक ठाउँ छन् भने ओली नेतृत्वमा ईश्वर पोखरेल, बिष्णु पौडेल र बादल छन्।
१५ गते खुमलटार भेलामा सामेल बादल त्यसपछि प्रचण्डले धुम्बाराहीमा बोलाएका ती अनौपचारिक केन्द्रीय सचिवालय बैठकमा अनुपस्थित भएका हुन्।
प्रचण्डले शुक्रबार,शनिबार र बुधबार धुम्बाराहीमा बैठक बोलाएका छन्।