
इण्डियन प्रियमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्तमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ। खेल युएईको दुबईमा हुँदैछ।
मुम्बई आईपीएल क्रिकेटको सर्वाधिक सफल टोली हो। उसले हालसम्म चार पटक उपाधि उचालेको छ। दिल्ली भने पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो।
जारी आईपीएलमा मुम्बई र दिल्ली चौथो पटक भिड्न लागेका हुन्। तीन खेलमा दिल्लीमाथि मुम्बई हावी भएको छ।
मुम्बई रोहित शर्माको कप्तानीमा छ भने दिल्लीको कप्तानी श्रेयस अय्यरले गरेका छन्।