हुम्लामा सीमा नमिचेको प्रमाणित गर्न चीनलाई कांग्रेस नेताको चुनौती

हुम्लामा सीमा नमिचेको प्रमाणित गर्न चीनलाई कांग्रेस नेताको चुनौती
+
-

सिमकोट – चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले आफ्नो नाम जोडेर प्रकाशित गरेको समाचारको पूर्वमन्त्री एवं नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले खण्डन गरेका छन्।

नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल–चीन सीमा विवाद उक्साइरहेका र कांग्रेस केन्द्रीय सदस्य समेत रहेका जीवनबहादुर शाहीले चीन विरोधी गतिविधिको नेतृत्व गरिरहेको ग्लोबल टाइम्सले समाचार प्रकाशित गरेको थियाे ।

उक्त समाचारप्रति आपत्ति जनाउँदै शाहीले खण्डन गरेका हुन्।

दुवै देशका विशेषज्ञको टोली र स्थानीयहरुको रोहबरमा अध्ययन गरेर चीनले सीमा नमिचेको पुष्टि गरे जुन सुकै सजाय भोग्न आफू तयार रहेको शाहीले बताएका छन्।

उनले भने, ‘स्थानीयसहित दुवै देशका विशेषज्ञ टोलीले स्थलगत अध्ययन गरेर चीनबाट सीमा नमिचिएको पुष्टि गरून्, म जस्तोसुकै सजाय भोग्न तयार छु।’

आफ्नो भूमिको रक्षाका लागि काम गरिहँदा नेपाल सरकारले उपेक्षा गरेका कारण चीनले यस्तो आरोप लगाएको उनको गुनासो छ।

सीमा मिचेको विषयलाई ढाकछोप गर्न चीनले आफू र आफ्नो पार्टीको नाम जोडेर समाचार प्रकाशित गरेको शाहीको भनाइ छ।

भारत वा चीन दुवैले सीमा मिचेको आफूलाई स्वीकार्य नहुने बताउँदै उनले चीनले लगाएको निराधार आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।

इमानदारीताका साथ सीमास्तम्भ भएको स्थानमा गएर अनुगमन गर्दा वास्तविकता स्पष्ट हुने उनको भनाई छ ।

स्थलगत अध्ययन र तस्बिरसहित चीनले सीमा मिचेको प्रतिवेदन आफ्नो पार्टीलाई बुझाएको स्मरण गराउँदै उनले यसबारे सरकारले चासो नराख्दा चीनले सीमा मिचेको विषयलाई ओझेलमा पार्न खोजेको आरोप लगाए।

शाही नेतृत्वको अध्ययन टोलीले चीनले सीमा मिचेको दाबीसहित प्रतिवेदन आफ्नो पार्टी कांग्रेसलाई बुझाएको थियो ।

उक्त प्रतिवेदन स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई पनि पठाइएको थियो।

काठमाडौँ वा बेइजिङबाट सीमा मिचेको नदेखिने भन्दै शाहीले स्थलगत अध्ययन गरेर सीमा नमिचेको पुष्टि गर्न चुनौतीसमेत दिएका छन्।

यदी चीनले सीमा नमिचेको स्थानीयसहित दुवै देशका विशेषज्ञ टोलीले पुष्टि गरे आफूले पदबाट राजीनामासमेत दिने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?