नयाँ वर्ष मनाउँदा के के कुरामा ध्यान दिने ?

नयाँ वर्ष मनाउँदा के के कुरामा ध्यान दिने ?
+
-

काठमाडौं – कुनै पर्व विशेषमा परिवार, साथीभाइ आफन्तसँग घुम्न जाने चलन पछिल्लो समय बढ्दो छ । यात्राको गन्तव्य लामो दूरी वा छोटो दुवै हुन सक्छ । यस्तै कतिलाई पैदल घुम्न मन लाग्छ त कतिलाई सवारी साधनको प्रयोग गरेर ।

नयाँ वर्ष, दसैँ जस्ता पर्वहरुमा मानिसहरु आनन्द लिएर घुम्न निस्कन्छन् । यसरी घुम्न निस्कँदा खाने, बस्ने, सुत्ने लगायत शरीरको ख्याल राख्ने विषयमा हामी कम सचेत हुन्छौँ । घुम्ने धुनमा हामीले स्वास्थ्यलाई बिर्सन्छौँ ।

नयाँ वर्षको कुरा गर्ने हो भने पनि परिवार, साथीभाइसँग मिलेर घुम्ने योजना थुप्रैले बनाएका हुन्छन् । यसरी योजना बनाइरहदाँ हामी हाम्रो स्वास्थ्यको विषयमा पनि सचेत रहनुपर्ने हुन्छ ।

हामी नयाँ वर्षमा के कस्ता खाना खाँर्दै छौँ ? कसरी नयाँ वर्ष मनाउँदैछौँ ? यस्ता कुरा मनन गरेर नयाँवर्ष मनाएमा स्वास्थ्यमा पनि नराम्रो प्रभाव पर्दैन र नयाँ वर्षको रमाइलोमा झुम्नुको माजा बेग्लै हुन्छ ।

नयाँ वर्ष स्वस्थ्य तरिकाले मनाउन शुक्रराज ट्रपिकल तथा सरुवार रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले १० बुँदामा सुझाव दिएका छन् ।

धुम्रपान र मद्यपान गर्नु हुँदैन,

मद्यपान गरेर सवारी साधन चलाउनु हुँदैन,

मद्यपान र असुरक्षित यौन सम्र्पक गर्नु हुँदैन,

बढी चिल्लो र मसलायुक्त खानेकुरा खानु हुँदैन,

अपरिचित व्यक्तिले दिएको खानेकुरा खानु हुँदैन,

ठूलो आवाज आउने ठाँउमा बस्नु भएन,

प्रसोधन गरिएका खानेकुरा भन्दा घरमै बनाएको खानेकुरा खानुपर्छ,

नियमित औषधि खाइरहेका बिरामीले औषधि खान छुटाउनु हुँदैन,

सफा पानी पिउनुपर्छ ।

घरबाट टाढा कतै जाँदै छौँ भने साथमा प्रथामिक उपचारको सामग्री सँगै लैजानुपर्छ ।

यात्रमा बिरामी भएमा, घाउ चोटपटक लागेमा पनि तुरुन्तै प्रथमिक उपचार गर्न सकिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?