
रंगभेदी अभिव्यक्ती दिएर विवादमा आएका विश्व फुटबल महासंघ-फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले पदबा६ राजिनामा दिएका छन्।
विवादबीच क्लार्कले मंगलबार इङ्ल्यान्ड फुटबल संघको अध्यक्ष पदबाट पनि राजिनामा दिएका थिए। अस्वेत खेलाडीलाई बुझाउन उनले अपाच्य शब्द प्रयोग गरेको आरोप लागेको छ।
युरोपेली फुटबल महासंघका अध्यक्ष अलेक्जान्डर सेफेरिनसँग छलफल गरेर क्लार्कले फिफा उपाध्यक्षबाट राजिनामा दिएको बिबिसीले जनाएको छ। सन् २०१९ को फेब्रुअरीयता क्लार्क फिफाको उपाध्यक्ष थिए।