
चर्चित वेभ सिरिज पाताल लोक तथा बलिउड चलचित्र काई पो चेका अभिनेता आसिफ बास्रा मृत फेला परेका छन्।
५३ वर्षीय बास्रा धरमसालास्थित प्राइभेट कम्प्लेक्समा मृत फेला परेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन्।
बास्राले ‘जब वी मेट’, ‘ वन्स अपन अ टाइम इन मुम्बई’, ‘क्रिस थ्री’, ‘एक भिलेन’लगायत चर्चित फिल्महरुमा पनि अभिनय गरेका छन्। प्रहरीले प्रारम्भिक रुपमा बास्राले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ।