केन्द्र र प्रान्तका सेनाबीचको लडाइँले दुई दिनमा ८ हजार मानिसले इथियोपिया छाडे

केन्द्र र प्रान्तका सेनाबीचको लडाइँले दुई दिनमा ८ हजार मानिसले इथियोपिया छाडे
+
-

इथियोपियाको टिग्रे क्षेत्रमा केन्द्र सरकार र प्रान्तीय सरकारका सेनाबीचको लडाइँमा हजारौँ मानिस देश छाडेर सिमावर्ती सुडान पुगेका छन्।

केन्द्र सरकारले प्रान्त सरकारले आफ्नो सैन्य शिविरमा आक्रमण गरी हतियार लुटेको दावी गर्दै आएको छ। टिग्रे क्षेत्रमा सरकार चलाइरहेको टिग्रे पिपल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) ले केन्द्र सरकारको आरोप झुटा भएको भन्दै खण्डन गरिरहेको छ।

द गार्जियनका अनुसार स्थल सेनाबीच भिडन्त भइरहेको छ भने हवाई आक्रमण पनि भइरहेको छ। सुडानमा शरणार्थी मामिला हेर्ने अधिकारीले कठिन यात्रा पार गरेर घाइते, भोका र बालबालिकाहरु आईपुगेको बताएका छन्।

‘द्वन्द्वग्रस्त क्षेत्रबाट घाइतेसहित धेरै भन्दा धेरै मानिसहरु आइरहेका छन्। यो संख्या बृहत्तर बढिरहेको छ। यसरी आउनेमा धेरै महिला र बालबालिका छन्’, सुडानको  कास्सला राज्यस्थित शरणार्थी एजेन्सीका प्रमुख खालिद अल-सरले भनेका छन्। सरका अनुसार इथियोपियाबाट त्यसरी आइपुगेका मानिसहरु निकै थाकेका छन्।

कठिन बाटो भएर लामो समय पानीसमेत नपिई भोकभोकै हिड्दा उनिहरुको अवस्था दयनीय देखिएको उनको भनाई छ। द्वन्द्वका कारण टिग्रे क्षेत्रमा सबै विमानस्थल बन्द भएका छन्। इन्टरनेट सेवा र सडक पनि अवरुद्ध छन्।

इथियोपियास्थित संयुक्त राष्ट्र संघका ‘ह्युमेनिटरियन’ प्रमुख सज्जाद मोहम्मद साजिदले मंगलबार पाउरोटी पसलअघि मानिसहरुको लामो लाइन देखिएको थियो भने खाद्यान्न बोकेका गाडीहरु सिमामै रोकिएका थिए। उनले टिग्रेका करिब २० लाख जनता इन्धन वा खाद्यान्न वा दुवैको चरम संकटमा परेको बताएका छन्।

इथियोपियाका प्रधानमन्त्री अबि अहमदले प्रान्तीय सेनालाई निशस्त्र गरेलगत्तै द्वन्द्व रोकिने बताएका छन्। यस भिडन्तमा दुवै पक्षले सफलता हात पारेको दावी गरिरहेका छन्। केन्द्रीय सेनाले विमानस्थल नियन्त्रणमा लिएको छ भने प्रान्तीय सेनाले केन्द्रको एउटा जेट विमान खसालेको दावी गरेको छ। तर सन्चार सेवाा अवरुद्ध रहेकाले त्यसको स्वतन्त्र पुष्टी गर्न समस्या भइरहेको बताइएको छ। साजिदले यो द्वन्द्व एक दुई हप्तामा सकिने अवस्था नरहेकाले त्यहाँका मानिसको जीवन अप्ठेरोमा परेको बताएका छन्।

सन् २०१८ मा अबि सत्तामा आउनु अघि सत्ता गठबन्धनमा टीपीएलएफको दबदबा रहेको थियो। छिमेकी एरिट्रियासँग द्वन्द्व समाप्त गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै इथियोपियाका वर्तमान प्रधानमन्त्री अबीलाई गत वर्ष नोबेल शान्ती पुरस्कार प्रदान गरिएको थियो।

कोरोना भाइरसको महामारीका कारण इथियोपियाको राष्ट्रिय निर्वाचन स्थगित भएपनि सेप्टेम्बरमा टिग्रेमा भने प्रान्तीय निर्वाचन सम्पन्न भएको थियो। त्यहाँका नेताले अबीको सरकार अवैध भएको बताउँदै आएका छन्। टिग्रेमा द्वन्द्व सुरु हुनुअघि नै त्यहाँ करिब एक लाख मानिस आन्तरिक विस्थापनमा परेको र ६ लाख मानिस खाद्य सहयोगमा निर्भर रहेको सहायता नियोगहरुको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?