
मित्रबन्धु पौडेल
बैशाख १, २०७५

अ
+
अ
अ
-
१. ‘बिना’ काममा
मेलम्ची विवादित
तृषित मन !
२. नयाँ उखान-
मेलम्चीमा पानी छ
यो अाँत सुख्खै।
३. थिति बसाल
लार्के, याङ्ग्री, मेलम्ची
तिर्खा मेटाऊ।
४. खोलो तरेर
लाैरी नबिर्सनू है!
मेलम्ची रुन्छ।
५. मेरो अाँसुले
तिम्रो तिर्खा मेटियोस्
शुभकामना।

