
सिमकोट-चंखेली र सर्केगार्ड गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा बन्द भएको छ।सेवा प्रदायक निकाय वल्र्ड लिंकले चंखेली गाउँपालिकाको वडा नम्बर १ को रिमीमा स्थापना गरेको रिपिटर टावरमा रहेका सामाग्रीहरु चोरी भएपछि इन्टरनेट सेवा बन्द भएको हो।
वल्र्ड लिंकले निशुल्क रुपमा उपलब्ध गराएको इन्टरनेट सेवा एक्कासी बन्द भएको स्थानीय जानकी शाहीले बताइन्।
चंखेली र सर्केगार्ड गाउँपालिकामा इन्टरनेट सेवा बन्द्य भएको एक हप्ता भएको छ । यसवाट नेपाल टेलिकमको मोवाईल सेवा पनि बन्द भएको कारण यी दुई गाउँपालिका सञ्चार सम्पर्क बिहिन भएको छ।
वल्र्ड लिंक कम्युनिकेशनका हुम्ला संयोजक रामजन रावतले रिपिटर टावरका सामानहरु चोरी भएपछि इन्ट।नेट सेवा बन्द भएको बताए।
टावरबाट सोलारका ब्याट्री, तार लगाएत महत्वपुर्ण सामानहरु चोरी भएका छन्। घरमा काम लाग्ने भएपछि ब्याट्री चारीका हुन। सामान चोरी भएपछि टावर स्थापना भएको ठाउँ खाली भएको छ।
उनले चोरी भएका सामानको खोजी गर्न प्रहरीलाई उजुरी गरेपछि कुनै पत्तो लाग्न नसकेको बताए। दुई वटै गाउँपालिका गरेर तीस वटा लाईनहरु बितरण गरेर इन्टरनेट सेवा सुचारु हुदै आएको थियो।
गाउँपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीमा इन्टरनेट वल्र्ड लिंकले निशुल्क रुपमा जडान गरेको थियो। अब सबै ब्यवस्था नगरिन्जेलसम्म दुबै गाउँपालिकामा इन्टरनेट सेवा सुचारु गर्न नसकिने वल्र्ड लिंकले जनाएको छ।
कर्णाली प्रदेशमा इन्टरनेट सेवा प्रदान गर्ने वर्ल्ड लिंक कम्युनिकेशन सेन्टर गर्दै आएको थियो। नेपाल टेलिकमको मोबाइल सेवासमेत बिग्रेको र इन्टरनेट सेवा पनि बन्द भएपछि दुबै गाउँपालिका सञ्चार सम्पर्कबिहीन भएका छन्।