बजारमा तिहारको रमझम (फोटो फिचर)

बजारमा तिहारको रमझम (फोटो फिचर)
+
-

बुटवल – बजारमा तिहारको रमझम सुरु भएको छ। तिहारका लागि फूल, माला, भाइमसाला, ढाकाटोपी, झिलीमिलीबत्तीहरु, दिया लगायतका सामग्रीको किनबेचका लागि बजारमा भीड लागेको छ।

विगतका वर्षहरुमा जस्तो यसपालि बजारमा भीड छैन। अधिकांश सामग्री भारतबाट आउने भएकाले पनि भारतबाट आउने सामग्री पनि पर्याप्तन आएको व्यवसायीहरु बताउँछन्।

नेपाली उत्पादनले नै यसपालिको तिहारमा माला लगाउन पुग्ने भनिए पनि भारतीय फूल र माला बजारमा आएका छन्।

बुटवलका विभिन्न ठाउँमा अहिले मालाहरु बिक्रीकालागि राखिएको छ। तर अझै पनि बुटवलको बजारमा बिक्रीका लागि राखिएका धेरै फूल भारतीय बजारबाट आयातित नै हुन्।

फूल व्यवसायीहरुको संस्था फ्लोरिकल्चर एशोसिएशन बुटवलका सचिव अशोककुमार कार्कीले यो वर्ष रुपन्देहीका लागि मात्र ८० हजार माला भारतबाट भित्रिने बताए।

नेपालमा समय अनुसार फूल उत्पादन हुन नसकेको कार्कीले बताए। ‘कसैको सिजनभन्दापहिले फूल्ने, कसैको सुक्ने त्यो भएर समय नमिलेकाले भारतबाट मगाउनै पर्छ’–उनले भने–‘यो वर्ष व्यवसायीहरुले एक लाख माला बेच्ने लक्ष्य छ। त्यसमध्ये २० हजार माला यहीँका किसानहरुको उत्पादन हुन्छ, ८० हजार मालाबाहिरबाटै ल्याउनुपर्छ।’

नेपालको मालाको मूल्य पनि महंगो हुने भएकाले भारतीय मालाले बजार पाइरहेको कार्कीले बताए। ‘भारतको मालाहामीले किन्दा ४५–५० रुपैयाँ पर्दछ, यहीँ उत्पादन भएको माला ९० रुपैयाँसम्म पर्दछ’–उनले भने–‘नेपालको मालाको उत्पादनखर्च पनि बढी छ।’

एशोसिएसनकाअध्यक्षकिरणकुमार श्रेष्ठले विगत ५ वर्षदेखि बुटवलमा माला बिक्रीगर्दै आइरहेका छन्। मालाको व्यापार गतवर्ष जस्तो नभएको उनले बताए। ‘भारतबाट पनिमालाल्याउनअलिगाह्रो छ । यहीँका किसानले लगाउका फूलका माला होलसेल रेट पनि महँगो छ’ उनले भने –‘किसानले उत्पादन गरका धेरै जसो फूल खेतमै सीमित छ।’

श्रेष्ठले फूल खेती गरेका ठाउँका मालाबजारमाभन्दा बढी स्थानीयले खेलमै गएर किन्ने गरेको सुनाए। फूलमात्रै हैन, भाइमसाला, झिलीमिली बत्ती समेत भारतबाट आउने व्यवसायी कृष्णकुमार अर्यालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?