
पर्सा-बाराको पचरौता नगरपालिका वडा नम्बर १ का वडाध्यक्षको मृत्यु भएको छ।
वडा नम्बर १ का वडाध्यक्ष जगतनारायण प्रसाद यादबको उपचारको क्रममा शुक्रबार मृत्यु भएको नगरपालिकाका मेयर रमेश कुमार यादवले जानकारी दिए।
६५ वर्षीय वडाध्यक्ष यादवको उपचारको क्रममा वीरगञ्जस्थित प्रभु अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार बिहानसम्म गाउँमै पञ्चायतीमा रहेका यादवको स्वास्थयमा समस्या आएपछि उपचारको लागि उनी प्रभु अस्पतालमा आएका थिए।
उपचारको क्रममा दिउँसो साढे एक बजे यादवको मृत्यु भएको हो। २०७४ सालको स्थानीय तहको निर्बाचनमा यादव तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।