
जनकपुरधाम-दिपावलीको पुर्व सन्ध्या सप्तरीमा प्रहरीले तीन लाख भन्दा बढीको पटाका नष्ट गरेको छ।
दिपावली तथा छठ पर्व लक्षित सुरक्षामा खटेका प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको पटाका आज नष्ट गरेको सप्तरी प्रहरीले जनाएको छ।
अवैध रुपमा भारतबाट नेपालतर्फ लिकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको ३ लाख ३२ हजार ७ सय ५० रुपैया बराबरको पटाका सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न पत्रकारहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीको पेरिमिटर भित्र खाल्डोमा पुरी नष्ट गरिएको सप्तरी प्रहरीले जनाएको छ।