
मोरङ-प्रदेश-१ मा कोरोना भाइरसका ३ सय ६४ जना नयाँ संक्रमित थप भएका छन्।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार प्रदेशमा १ हजार ७ सय ५ जनाको पिसिआर परिक्षण गरिएको थियो। जसमा १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।
मन्त्रालयले मोरंगमा १ सय ४२, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा समान ३, संखुवासभा र धनकुटामा समान २, ओखलढुङ्गा र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
यसक्रममा विराटनगर महानगरपालिकामा ३५ जना महिला र ४६ पुरुष गरि कुल ८१ जनामा संक्रमण देखिएको छ। मोरङ्गको सुन्दरहरैचा नगरपालिकामा १५, उर्लाबारी नगरपालिकामा ९, कटहरी गाँउपालिका र रंगेली नगरपालिकामा समान ५, कानेपोखरी गाँउपालिकासंगै लेटाङ, र सुनवर्षी नगरपालिकामा समान ३, बेलबारीसंगै, बुढीगंगा, मिक्लाजुङ र ग्रामथान गाँउपालिकामा समान २, पथरीशनिश्चरे नगरपालिका र धनपालथान गाँउपालिकामा समान १, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकामा ४९, धरान उपमहानगरपालिकामा ३४, इनरुवा नगरपालिकामा ९, रामधुनी नगरपालिकामा ६, दुहबी नगरपालिकासंगै हरिनगर, देवानगञ्ज, र बर्जु गाँउपालिकामा समान २, गढी गाँउपालिका र बराहक्षेत्र नगरपालिकामा समान १ जनामा संक्रमण देखिएको पुष्टि भएको छ।
झापाको विर्तामोड नगरपालिकामा १७, कचनकवल गाँउपालिकामा १४, दमक नगरपालिकामा १२, गौरादह नगरपालिकामा ६, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा समान ३, मेचीनगर नगरपालिकामा ४, अर्जुनधारा र भद्रपुर नगरपालिकामा समान २, बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
उदयपुरको त्रियुगा र कटारी नगरपालिकामा समान २, चौदण्डीगढी र बेलका नगरपालिकामा समान १ र स्थानीय तह नखुलेका २ जना कोरोना पुष्टि भएको छ।
त्यसैगरी, पहाडी क्षेत्रतर्फ तेह्रथुमको म्याङलुङ नगरपालिकामा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाम गाँउपालिकामा समान १, पाँचथरको मिक्लाजुङ गाँउपालिकामा ३जना संक्रमति थपिएका छन्।
सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालिकामा ३, संखुवासभाको चैनपुर नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, धनकुटाको महालक्ष्मी नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, ओखलढुङ्गा र भोजपुरमा पनि समान १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय ३४ पुगेको छ।
अर्कोतर्फ, मन्त्रालयका अनुसार प्रदेशमा ७ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सवै होम आइशोलेशनका हुन्। हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन्। त्यसैगरी प्रदेशमा हालसम्म ८२ महिला र १ सय ८८ पुरुष गरि कुल २ सय ७० जना संक्रमितको मृत्यु भएको छ ।