असिफा बानु बलात्कार-हत्या प्रकरण

च्यातिएको बैजनी घाँघर र रगतमा लत्तपतिएकी असिफा

च्यातिएको बैजनी घाँघर र रगतमा लत्तपतिएकी असिफा
+
-

कास्मिरको कठुवामा बालिका बलात्कारपछि हत्या भएको विषयको आगो अहिले भारतभरि नै सल्किएको छ। ८ वर्षकी बालिका असिफाको बलात्कारपछि हत्या भएको घटनामा उनी र उनको परिवारले न्याय पाउनुपर्छ भन्दै चर्किएको आन्दोलन भारतव्यापी हुँदै गएको हो।

गएको जनवरी १७ मा असिफा बानो कश्मिरको कठुवा नहर नजिकै मृत भेटिएकी थिइन्। असिफाले न्याय पाउनुपर्ने भन्दै भारतीय कांग्रेसले भारतको सबै राज्यमा आन्दोनल गर्ने घोषणा गरेको छ।

घटनाको विवरण

बैजनी रंगको घाँघर लगाएकी ८ वर्षकी असिफा बानु उत्तरी भारतको एक घाँसे मैदानमा घोडा चराइरहेकी थिइन्। एक व्यक्तिले उनलाई जंगलमा आउन इशारा गरे, उनले भनेको मानिन्।

प्रहरीका अनुसार ती व्यक्तिले बालिकाको गर्धनमा समातेर निद्राको औषधि खान बाध्य बनाए र एक साथीको सहायताले नजिकैको एक मन्दिरमा लगेर थुने।

 

त्यसको तीन दिन पछिसम्म ती दुई व्यक्तिसँगै अर्को एक जनाले बालिकालाई पटकपटक बलात्कार गरे। अनुसन्धानकर्ताका अनुसार उनीहरुको उद्देश्य असिफाजस्ता आदिबासी नागरिकलाई त्यहाँबाट हटाउनु थियो।

असिफा घुमन्ते मुसलमान सम्प्रदायबाट थिइन्। उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने असिफाको परिवार हिउँ छल्न उन्नाउ झरेका थिए।

चौथो दिन असिफाको घाइते शरीर रगतले लतपतिएको अवस्थामा नहर नजिक फेला पर्‍यो। त्यही बैजनी घाँघरमा असिफा लटपटिएकी थिइन्।

असिफा बलात्कार हत्याको मुद्दामा ८ जना पक्राउ परेका छन्। यी मध्येका केहीले आरोप स्वीकार गरेका छन्। जम्मु–कश्मिर राज्यका प्रहरीका अनुसार यो घटना लुकाउन दुई प्रहरीले रकम लिएको खबर आएको छ।

यस्तै पक्राउ पर्ने एक व्यक्ति नाबालक रहेको बताइएको छ। उनको उमेर १५ वर्ष बताइए पनि मेडिकल चेकअपमा १९ वर्ष भएको देखिएको छ। असिफा बलात्कार–हत्या मुद्दा लुकाउन भारतीय जनता पार्टीका नेता नै लागि परेपछि यो मुद्दा अझै गम्भीर बनेको छ।

भारतीय जनता पार्टी समस्यामा

असिफा बानुको बलात्कार–हत्याको आरोपमा पक्राउ परेकाको पक्षमा भारतीय जनता पार्टीका दुई मन्त्रीहरुले समर्थन गरेका थिए। यसको बिरोधमा नागरिक उत्रिएपछि भारतीय जनता पार्टीले पनि मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन गरेको थियो।

गएको मार्चमा हिन्दु एकता मञ्चले बलात्कारीको पक्षमा गरेको  र्‍यालीमा उद्योगमन्त्री चन्द्रप्रकाश गंगा र वनमन्त्री लाल सिंह सहभागी भएका थिए। भाजपाको निर्देशनपछि ती दुई मन्त्रीले राजीनामा दिएका छन्।

मन्त्रीहरुको यो कदमले एक तर्फ भारतमा धार्मिक विवाद उल्झाएको छ त अर्कोतर्फ भारतीय जनता पार्टीप्रति नागरिक रुष्ट भएका छन्।

  • एजेन्सीहरुको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?