कोरोनाका बीच विमानस्थलको एप्रोनको निर्माण कार्य ४० प्रतिशत सम्पन्‍न

कोरोनाका बीच विमानस्थलको एप्रोनको निर्माण कार्य ४० प्रतिशत सम्पन्‍न
+
-

सिमकोट -कोरोना कहरका बीच सिमकोट विमानस्थलमा हाल निर्माण कार्य भइरहेको एप्रोनको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ।

सिमकोट बिमान स्थलमा जहाजको चाप बढेपछि ल्याण्ड गरेका जहाजलाई पार्किङ गर्ने हालको एप्रोन साँघुरो भएपछि नयाँ निर्माण गर्न लागिएको हो।

कोरोना अबधिमा पनि एप्रोन निर्माणको कार्य जारी रहेपछि हालसम्म चाली प्रतिशत निर्माण कार्य सम्पन्न भएको साईट इन्चार्ज अजय गुप्ताले बताए।

हालसम्म जमिनको भाग मिलाउने कार्य र प्रर्खाल लगाउने कार्य करिब सम्पन्न भएको र अन्य गिट्टी, बालुवा जम्मा गर्ने कार्य भइरहेको छ। त्योसंगै मेशिनबाट माटो खन्ने कार्य पनि भइरहेको छ।

अब सम्म बनाएको जमिनलाई लेभव मिलाउने र कालोपत्रे गर्ने कार्य हुनेछ । यसअघिको एप्रेन साँघुरो भएपछि १९ करोड लागतमा निर्माण कार्य भई रहेको छ।

इन्चार्ज गुप्ताले सबै कुराले साथ दिए चालु आर्थिक वर्षभित्र एप्रोनको निर्माण कार्य सम्पन्न गर्ने लक्षका साथ हाल निर्माण कार्य भई रहेको बताए। त्यसका लागि निर्माण कम्पनीलाई ताकेता समेत गरिएको छ।

विमान स्थलको एप्रोन सञ्चालनमा आए चारदेखि पाँच वटा बिमान एक साथ पार्किङ हुने छन्।

हाल दैनिक बाह्र देखि पन्द्र फ्लाईट उडान हुने गर्छन भने मानसरोवर कैलाशको सिजनमा जहाज र हेलिकोप्टर गरि डेढ सयसम्म उडान भर्ने गरिन्छ।

यो नयाँ एप्रोन निर्माण भई सञ्चालनमा आएपछि जहाज तथा हेलिकोप्टरलाई सिजनमा एयर ट्राफिक समस्याबाट बच्न सहज हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?