जुम्ला प्रशासन कार्यालय तोडफोड गर्नेविरुद्ध सार्वजनिक मुद्दा

+
-

सिमकोट-जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ ।

हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितलले आज अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए । प्रशासनमाथि तोडफोड गर्ने नौजनालाई सार्वजनिक मुद्दा लगाइएको छ ।

मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी बिट र मालिका मन्दिर तोडफोड हुँदा रु.आठ लाख बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको बताउनुभयो । उहाँका अनुसार घटनामा सम्लग्न चार जना नियन्त्रण लिइएको र पाँच जना फरार छन् ।

उनका अनुसार घाइते चार प्रहरीमा दुई सामान्य उपचारपछि घर फर्केको र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । यता पीडितपक्षका घाइते दुई जना पनि उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रमुख अभियुक्त करबहादुर भण्डारी, अन्य घटनामा संलग्न रामचन्द्र डाँगी र उनका श्रीमतीलाई पीडितको किटानी जाहेरी अनुसार पक्राउ गरी अनुसन्धानका सबै प्रक्रिया पु¥याएर अदालतले पठाई उनीहरुको सुनुवाइ भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?