जुम्लामा ५६ हजार नागरिकता वितरण

+
-

जुम्ला-जिल्ला प्रशासन कार्यालय जुम्लाले ५६ हजार नागरिकता वितरण गरेको छ।

विसं.२०३५ साल यतादेखि प्रशासनले ५६ हजार नागरिकहरुलाई नागरिकता वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायव सुब्बा सुरत गिरीले अहिलेसम्म जुम्लामा ५६ हजार ३४५ जना नागरिकले नागरिकता प्राप्त गरेको बताए।

“चालु आवको असार यता मात्रै एक हजार २५७ जनालाई नागरिकता प्रदान गरिएको छ”, नायब सुब्बा गिरीले भने, “जसमा ९६७ जनाले नयाँ नागरिकता, १९० ले बाल नागरिकता, ३२ वटा संशोधित नागरिकता र ७१ वटा प्रतिलिपी रहेका छन् ।”

३२ नागरिकता भने विसं २०५९ साल कात्तिक २८ गते जुम्ला तत्कालिन् सशस्त्र विद्रोही पार्टी माओवादीको आक्रमणमा परेर प्रशासन जलेपछि रेकर्ड नभएका नागरिकता रहेको उनले बताए।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालयले दुई वर्षयता आफ्नो सेवा र कार्यालयको व्यवस्थापनमा पनि थप सुधार गर्दै आएको छ । सेवाग्राहीका लागि खस भाषाको नागरिक अडियो बडापत्र, डिजिटल बडापत्र, स्तनपान गृह, हेल्पडेक्स, वेवसाईट नियमित, सामाजिक सञ्जाललगायतबाट सेवाग्रहीलाई सजिलो बनाएको बनाईएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

त्यस्तै सेवाग्रहीलाई सन्तुष्टि फारम भर्ने शुरु गर्न थालिएको प्रमुख जिल्ला अधिकारी थापाले जनाए। उनका अनुसार अब जिल्ला प्रशासनका वेवसाईटमा राखेका सेवा सिधै बाहिर देखाउन र सुनाउनमा समेत प्रयास गरिएको र यहाँका सबै दस्तावेज डिजिटल रेकर्डमा राख्ने प्रयत्न भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?